पब्लिक प्रेस
सप्तरीको राजनीतिमा नयाँ आशा र भरोसाका रूपमा मोहम्मद जियाउल रहमान उदाएका छन्। समयले खोजेको नेतृत्व र युवाहरूको ढुकढुकीका रूपमा परिचित रहमान सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट एकल युवा उम्मेदवारका रूपमा सिफारिस हुँदै अघि बढिरहेका छन्।
मधेशको समसामयिक राजनीतिमा युवाको आवाज र संगठनात्मक क्षमताको प्रतीकका रूपमा रहमान सक्रिय छन्। नेकपा (एमाले)का संघर्षशील तथा सक्रिय युवा नेताका रूपमा परिचित उनले पार्टी र विभिन्न जनसंगठनमा लामो समयदेखि जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
नेकपा (एमाले)को १०औँ सप्तरी जिल्ला अधिवेशन (२०८१ चैत ३०–३१) बाट जिल्ला कमिटी सदस्यका रूपमा निर्वाचित रहमान राष्ट्रिय युवा संघ नेपालका विभिन्न तहमा रहेर संगठन विस्तार र सुदृढीकरणमा निरन्तर सक्रिय रहँदै आएका छन्।
युवाको ढुकढुकी, संगठनको मेरुदण्ड र समावेशी सोच बोकेका मोहम्मद जियाउल रहमानलाई अहिले सप्तरी क्षेत्र नम्बर २ बाट सप्तरीको भविष्य निर्माण गर्ने भरोसायोग्य एकल युवा विकल्पका रूपमा हेरिन थालेको छ।
आगामी २०८२ साल फागुन २१ गते हुने संघीय प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी, सप्तरीबाट सिफारिस हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।









