समाचार

जनता संग मुख्यमन्त्री” कार्यक्रममा १५ जना नागरिकले सिधै मुख्यमन्त्री यादवसँग समस्या छलफल गरे

पब्लिक प्रेस ।
जनकपुर, धनुषा – “जनता संग मुख्यमन्त्री” कार्यक्रम अन्तर्गत विभिन्न बिषयका समस्याहरू लिएर १५ जना नागरिकले सिधै मुख्यमन्त्री सरोज यादवसँग आइतबार बिहान प्रत्यक्ष कुराकानी गर्नुभएको छ। कार्यक्रमका क्रममा प्रस्तुत समस्याहरू तत्काल समाधानको निमित्त मुख्यमन्त्री सरोज यादवले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको छ।

यस क्रममा कुराकानी गर्ने व्यक्तिहरूमा सपना शाह (जनकपुर-७, धनुषा), राम महतो (सम्सी-१, पर्सा), हकिम जी, मनराज सिस्वा-२ (महोत्तरी), सूर्यभूषण महतो (मलङ्वा-४, सर्लाही), शिवनन्दन सहनी (मनरा सिस्वा-६, महोत्तरी), निरञ्जन यादव (माधव नारायण-२, रौतहट), विश्वजित कुमार सिन्हा (स्नाथ-२, रौतहट), ओम प्रकाश महतो (कल्याणपुर-१२, सिरहा), दीपक कुमार ठाकुर (गौशला, महोत्तरी), परमेश्वर यादव (लहान-३, सिरहा), राकेश राउत (मौलापुर-२, रौतहट), इमतियाज (सम्सी-३, महोत्तरी), श्रवण जी (स्वास्थ्यकर्मी), शत्रुधन कुमार सिंह (मनराशिस्वा-८, महोत्तरी), र रोशन कर्ण (जनकपुर-८, धनुषा) रहेका छन्।

मुख्यमन्त्री सरोज यादवले नागरिकले उठाएका प्रत्येक समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने विश्वास दिलाउँदै सम्बद्ध निकायलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ।

कार्यक्रमले जनताको आवाज प्रत्यक्ष सुनिने अवसर प्रदान गर्दै सरकारी कामकाजमा पारदर्शिता र जवाफदेहिता बढाउने उद्देश्य राखेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button