समाचार

सप्तरीमा हजाराैकाे संख्यामा एमालेकाे जनप्रदर्शन

पब्लिक प्रेस संवाददाता
राजबिराज/ कार्तिक २९- नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीले हजाराैकाे संख्यामा जनप्रदर्शन गरेका छन् । शनिबार देशैभरी पार्टीले जनप्रदर्शन गर्ने कार्यक्रम बमाेजिम सप्तरीमा पनि जनप्रदर्शन गरेकाे हाे ।

जनप्रदर्शन गर्नेक्रममा राजबिराज मदननगर स्थित पार्टी कार्यालयबाट माेटरसाइकलमा निस्केका माेटरसाइकल र्यालीले नगर परिक्रमा गरी स्थानिय नेताचाैकमा काेणसभामा परिणत भएका थिए । साे अवसरमा पार्टीका केन्द्रीय सदस्य एवम सप्तरी इन्चार्ज सुमनराज प्याकुरेलले अन्तरिम सरकारलाई बाँदरकाे पुच्छर लाैराे न हतियारकाे संज्ञा दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी प्याकुरेलले सभालाई सम्वाेधन गर्दै भने याे सरकारले संसदलाई पुनस्थापना नगरी धरै छैन, किनकी याे क्षमता बिहिन सरकार हाे । देशमा बढदाे अशान्ती, अस्थिरता र अराजकता नियन्त्रण गर्न नसक्ने सरकारले निर्वाचन गराउन नसक्ने उनले दावी गरे ।

यस्तै केन्द्रीय सदस्य तथा मधेश प्रदेश सरकारकाे पूर्व गृह, सञ्चार तथा कानुन मन्त्रि राजकुमार लेखीले अशाेज २४ काे जेनजी आन्दोलनले देशलाई उधाेगतिमा धकेलेकाे भन्दै त्याे एक प्रकारकाे नरसंहारले सबैलाई बेफाइदा पुगेकाे बताए । उनले भने लाेकतन्त्रलाई खतरामा पुर्याएर गरेकाे कार्यलाई आम जनताले कदाचित राम्राे मानेका छैनन् । लाेकतन्त्रकाे रक्षा गर्दै देश र जनताका लागि मरिमेट्ने एमाले बाहेक कुनै दलकाे क्रीयाकलाप नपाइएकाे लेखीले धारणा ब्यक्त गरे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button