अखिल नेपाल खेलकुद महासंघ, सप्तरी जिल्लाको दोस्रो सम्मेलन शनिवार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का पूर्व जिल्ला इञ्चार्ज क. सुर्यनाथ यादव ‘शुभाष’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
सम्मेलनमा अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष क. किरण गिरि र कराँते संघका केन्द्रीय उपाध्यक्ष क. कसम लामाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व क. समिला यादवले गर्नु भएको थियो भने सञ्चालन क. सन्तोष कुमार मण्डलले गर्नुभएको थियो।
सम्मेलनले जिल्ला स्तरमा खेलकुद गतिविधिको सशक्त संगठन निर्माण गर्ने उद्देश्यसहित २१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ।
त्यस्तै गरि नयाँ जिल्ला कमिटीमा अध्यक्ष सन्तोष कुमार मण्डल, उपाध्यक्ष रबिराज प्रभात चौधरी, हेमनारायण साह,लोक बहादुर चौधरी,सचिवमा नवनित चौधरी,कोषाध्यक्षमा,मन्जु कुमारी राम,सह–सचिवमा,बिना चौधरी यादव,सदस्यहरूमा दिपमाला चौधरी,अजय मण्डल,रबिन्द्र यादव,गजेन्द्र इसर,शशिकान्त यादव,अर्जुन कुमार यादव,रबिन्द्र कुमार यादव लगायत रहेका छन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले जिल्लामा खेलकुद विकासका लागि संगठित प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे। नवगठित कमिटीले आगामी दिनमा विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्ने र युवा सहभागिता बढाउने प्रतिवद्धता व्यक्त गरेको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।