जसपा नेपाल

क्यान्सर पीडित वडा अध्यक्ष साहको भरतपुरमा निधन

पब्लिक प्रेस ।

सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ का अध्यक्षको निधन भएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ मलेकपुरका अध्यक्ष दुःखीलाल भनिने देबेन्द्र साहको उपचारका क्रममा चिवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले जानकारी दिए ।
वडा अध्यक्ष साह ७० बर्षका वडा अध्यक्ष साह लामो समयदेखि क्यान्सर राोगबाट पीडित रहेको मण्डलले बताए ।
साह २०७९ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४९७ मत ल्याएर जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button