जसपा नेपाल

२३५ मतसहित केदारको विजय, उमेश २०५ मतमै रोकिए

पब्लिक प्रेस ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको जिल्ला अधिवेशनबाट केदार यादव पुनः अध्यक्षमा निर्वाचित भएका छन्। सोमबार सम्पन्न मतगणनामा उनले २३५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी उमेश यादवलाई पराजित गरे। उमेश यादवले २०५ मत मात्र प्राप्त गरे।

१४ साउनदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो। अधिवेशनको उद्घाटन जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए।

अध्यक्षमा पराजित भए पनि उमेश यादव प्यानलका निरज मुक्ति सचिव पदमा १ मतको अन्तरले विजयी भए। उनले २३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी शम्भु यादवले २३० मत मात्र ल्याए।

उपाध्यक्षमा भने केदार यादव प्यानलका लक्ष्मण यादव र उमेश यादव प्यानलका हरेराम यादव निर्वाचित भए।

यससँगै जसपा सप्तरीको नयाँ नेतृत्वको जिम्मेवारी केदार यादवको हातमा गएको छ भने उमेश यादव यसपटक पनि अध्यक्ष बन्न सफल भएनन्।


पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button