जसपा नेपाल

केदार यादवको अध्यक्षतामा जसपा नेपाल विष्णुपुर पालिकाको अधिवेशन सम्पन्न, १५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन

नविन निर्भय यादव 

सप्तरी — जनता समाजवादी पार्टी (जसपा) नेपालको विष्णुपुर गाउँपालिकाको अधिवेशन असार १२ गते बिहीबार, वडा नम्बर ५ कट्टीस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा सम्पन्न भएको छ। अधिवेशनले युवा नेता केदार यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ।

निर्वाचित अन्य पदाधिकारीहरूमा रामनाथ राम र देबेन्द्र यादव उपाध्यक्ष, बिरेन्द्र कुमार राम गुप्ता सचिव, जोगेन्द्र यादव र राम बाबु रजक उपसचिव तथा बिना देवी यादव कोषाध्यक्ष रहेका छन्। कार्यसमिति बाँकी सदस्यहरू पनि सहमतिका आधारमा चयन भएका हुन्। प्रतिनिधिहरूको सर्वसम्मत निर्णयबाट नयाँ नेतृत्वको चयन गरिएको हो।

कार्यक्रममा पार्टीका जिल्ला तहका प्रतिनिधिहरू, स्थानीय नेताहरू, समाजसेवी र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनमा संगठनात्मक सुधार, युवा नेतृत्वको सशक्तिकरण तथा स्थानीय जनअपेक्षालाई प्राथमिकता दिने एजेन्डामाथि व्यापक छलफल गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष यादवले आफ्नो मन्तव्यमा संगठन सुदृढीकरण र जनताको हितमा समर्पित भएर काम गर्ने दृढता व्यक्त गरे। उनले संगठन निर्माणदेखि जनअधिकारको संरक्षणसम्म स्पष्ट दृष्टिकोणसहित अघि बढ्ने प्रतिबद्धता जनाए।

अन्य वक्ताहरूले राजनीतिक स्थायित्व, सामाजिक न्याय र विकासमुखी सोचको आवश्यकता औंल्याउँदै नवगठित टोलीप्रति विश्वास व्यक्त गरे। स्थानीय जनप्रतिनिधिहरू र बासिन्दाहरूले पनि युवा नेतृत्वले नयाँ ऊर्जा र गतिशीलता ल्याउने अपेक्षा गरिएको बताए।

यस अधिवेशनले पार्टीको संगठनात्मक मजबुतीसहित स्थानीय तहमा जनमुखी नेतृत्वको सुरुआत गरेको विश्वास गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button