समाचार

“म मन्त्री छु, जनसेवक हुँ : म लोभको शिकार कहिल्यै हुँदिन — न्यौपाने”

पब्लिक प्रेस
काठमाडौं, — नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भगवती न्यौपानेले संविधान अनुसार मन्त्री पदको सपथ ग्रहण गरेकी छिन्। सपथपछि उनले सामाजिक सञ्जालमार्फत एक भावनात्मक सन्देश सार्वजनिक गर्दै राष्ट्रसेवामा निष्ठा र इमानदारीपूर्वक समर्पित रहने प्रतिज्ञा दोहोर्याइन्।

प्रधानमन्त्रीलाई आभार
न्यौपानेले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विशेष आभार प्रकट गरिन्। उनले प्रधानमन्त्रीको विचार, कार्यशैली, नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन पूरा योगदान दिने प्रतिवद्धता जनाइन्। “प्रधानमन्त्रीज्यूको काम गराईको स्पीड र स्प्रीटको प्रशंसक रहेकी छु,” भन्दै उनले सरकारको नीति तथा जनचाहनालाई मार्गदर्शक सिद्धान्तको रूपमा लिने घोषणा गरिन्।

भ्रष्टाचारविरुद्ध दृढ अडान
मन्त्री न्यौपानेले भ्रष्टाचारविरुद्ध कठोर र स्पष्ट अडान लिँदै भनिन्, “म नेपाली जनताको कस्सम खाएर भन्छु, मबाट भ्रष्टाचारजन्य कुनै पनि काम आजसम्म भएको छैन, अब पनि हुँदैन।” आफू सफा, वेदाग र नैतिक बलले प्रेरित रहेको स्पष्ट पारिन्।

तनहुँप्रतिको माया र नेकपा एमालेप्रतिको समर्पण
उनले आफ्नो जन्मथलो तथा कर्मथलो तनहुँका जनताप्रति आभार प्रकट गर्दै नेकपा (एमाले)का कार्यकर्ता तथा नेताप्रति समेत धन्यवाद दिइन्। “अब भन्ने कुरा सकियो, गर्ने काम मात्र बाँकी छ,” भन्दै उनले सबैबाट सहयोग, सल्लाह र सुझावको अपेक्षा गरिन्।

शुभचिन्तकप्रति धन्यवाद
शपथ ग्रहणपछि विभिन्न माध्यमबाट शुभकामना व्यक्त गर्ने सबैप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै उनले आफ्नो सेवा यात्रामा निरन्तर जनसमर्थनको अपेक्षा गरिन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button