पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सप्तरी प्रहरीले लागू औषध मुद्दाका प्रतिवादी सुनिलकुमार यादवलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत राजविराजले लागू औषध मुद्दामा एक महिना कैद र दुई हजार जरिवाना तोकेपछि राजविराज नगरपािलका वडा नम्बर १५ निवासी यादव फरार भएको थियो । फैसला कार्यान्यनवनको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले यादवलाई खोजतलास गरी पक्राउ गरेको हो ।
पक्राउ परेको यादवलार्ई जिला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिए ।









