समाचार

अख्तियार दुरूपयाेग अनुसन्धान आयोगका कर्मचारीकै अगाडि पाेल खाेलाखाेल

पब्लिक प्रेस संवाददाता
कञ्चनरूप |

आफु सहि अरु झुट्टो बनाउन रत्तिभरपनि नहिच्चकिचाउने सप्तरीकाे कञ्चनरूपका नगरप्रमुख ललन प्रसाद गुप्ताले वडाध्यक्षहरूकाे याेग्यता र क्षमतामा ठाेस लगाएका छन् । उनले अख्तियार दुरूपयाेग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा शुक्रबार नगरपालिकामा आयोजित स्थानिय तहमा भ्रष्टाचार नियन्त्रण एवंम सुशासन प्रवर्द्धन सम्बन्धी कार्यक्रमलाई सम्वाेधन गर्दै वडाध्यक्षहरू काेहि अयाेग्य त काेहि केही नबुझ्ने भन्दै ठाेस लगाएकाे हाे ।

उनिहरूले आफ्ना काम, कर्तब्य बारेमा समेत केही नबुझ्ने भएकै कारण मैले साेचे अनुकुलकाे पालिकामा बिकास हुन नसकेकाे बताए । समृद्धी र समुन्नत बिकासका लागि आवाज उठाइरहेकाे छु उनले भने अब ३ बर्ष पुराहुदैछ, जुन आवाज उठाउँदै आए तर त्याे अनुकुल खासै नगरबिकास हुन सकेन । म एक्लाेले मात्र सम्भव छैन, वडाध्यक्ष तथा सम्पूर्ण जनप्रतिनिधिहरूकाे साथ सहयाेग चाहिन्छ तर अनबिज्ञता एवंम दक्षता बिहिन जनप्रतिनिधिहरूका कारण उनिहरूकाे साथ सहयाेग पाईन गुप्ताले गुनासाे पाेखे ।

आफु बिकासप्रेमी रहँदा रहँदैपनि ८४ वटा उजुरी अख्तियारममा परेकाे थियाे उनले भने जसमध्ये १६ वटामा झरेकाे छ । अख्तियार दरूपयाेग अनुसन्धान अयोगका अधिकृतकै सामुन्ने उनले आफु नगरप्रमुख भए लगत्तै उजुरी, मुद्धा, मामलामा फसेकाे स्वीकारे ।

यस्तै नगर उपप्रमुख मुना पाेखरेलले आयोगलाइ अंकित गर्दै भनिन् याे कार्यक्रम एक बर्ष अगाडि नै हुनुपर्थ्याे किनकी यहाँका जनताले उजुरी कहाँ, कसरी, कुन- कुनमा दिने भन्ने बुझ्ने थिए । ढिलाे भयाे नगरपालिकामा यत्तिका बेथितिरूपले काम हुँदै आउदापनी यहाँका जनताले सहेका छन् । सप्तरी जिल्ला भ्रष्टाचारकाे नाममा आउँछ भने यहि भ्रष्टाचार भएको छ ।

उदाहरण स्वरूप उनले भने २० रूपैयाँकाे कलमलाई ३० किन भयाे ? भन्दा हाम्राे ईज्जतमा दाग लगाउने जस्ता प्रश्न चिन्ह खडा गर्दै उल्टै ममाथी नै खनिने कर्मचारी यहि छन् उपप्रमुख पाेखरेलले पालिकाकाे बेथिति पाेखिन । उनले आफ्नो पद र ओहदानुसार काम गर्न समेत गाराे भएकाे जनाउदै भनिन् अनुगमनमा फेला पारेकाे कार्यकाे अस्विकार गर्दा उल्टै पालिका नै म माथि खनियाे । केही कुरामा प्रमुख प्रशासकीय अधिकृत नवराज खड्कासंग बुझ्दा उनले मेराे काम कर्मचारी सरूवा, बढुवा,भर्ना तथा नियुक्ती मात्र हाे भन्ने गरेकाे पालिकाकाे गतिविधि सुनाइन् ।

आयोगका अधिकृत धीरफडेराको अध्यक्षतामा आयोजित कार्यक्रममा भ्रष्टाचार सम्बन्धी उजुरी, भ्रष्टाचार सम्बन्धी उजुरीकाे प्रबृत्ति, भ्रष्टाचार निवारणकाे उद्धेश्य, आवश्यकता, भ्रष्टाचारमा बिश्वमा नेपालकाे अवस्था लगायत बिषयमाथी आयोगका इ. प्रवेश खडकाले प्रष्ट्याएका थिए ।
आयोजित कार्यक्रममा जनप्रतिनिधिहरू, नगरपालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारी, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, नागरिक समाज, शिक्षक- शिक्षिका लगायतका ब्यक्तित्वहरू सहभागी थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button