जसपा नेपाल

सप्तरीमा जनता समाजवादी पार्टी नेपालभित्र आन्तरिक विवाद चुलिँदै, आगामी चुनावमा संकटको संकेत

पब्लिक प्रेस।

नविन निर्भय यादव |

सप्तरी जिल्लामा जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र गम्भीर आन्तरिक विवाद दिनप्रतिदिन चुलिँदै गएको छ। पार्टीका जिल्ला कमिटीका सदस्य र पार्टीका एक स्थानीय  कार्यकर्ता  अनुसार, पार्टीमा  ठूलो भुइँचालो आउने सम्भावना रहेको छ।

पार्टीका केही नेताहरूले जनताको मुद्दा, समस्या, र भावना बुझ्न नसकेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, आसेपासेलाई हरेक ठाउँमा अवसर दिने, घरघरमा लठ्याउने, र भाइचारालाई समेत तोडफोड गर्ने र अनियमितता तिर प्रवृत्ति बढ्दै गएको छ।

पार्टीभित्रको विवाद समाधान गर्न नेतृत्वले ठोस कदम चाल्ने कि असन्तुष्टि अझै बढ्ने? यो प्रश्न अहिले उठिरहेको छ। सप्तरीका स्थानीय नेताहरूले पार्टीभित्र सुधारको माग गरिरहेका छन्। यदि नेतृत्वले जनताको मागलाई सम्बोधन गर्न सकेन भने, पार्टीभित्र गम्भीर संकट उत्पन्न हुन सक्ने संकेत देखिएको छ।

पार्टीभित्रको विवादका कारण आगामी चुनावमा सप्तरीमा जसपा कमजोर हुने सम्भावना बढ्दै गएको छ। पार्टीका केही नेताहरूले आन्तरिक गुटबन्दी, असन्तुष्टि, र जनताको मागप्रति उदासीनता जसपाको भविष्यलाई संकटमा पार्न सक्ने चेतावनी दिएका छन्।

यसैबीच,जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीमा तीन दिने अभियानमा सहभागी भएका थिए । उनले पार्टी संगठनलाई बलियो बनाउने प्रयास गरिरहेका छन्। तर, आन्तरिक विवादका कारण पार्टीभित्रको असन्तुष्टि अझै समाधान हुन सकेको छैन।

यता जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रति आम जनताको पनि चासो घट्दै गएको देखिन्छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button