पब्लिक प्रेस सम्वाददाता
राजबिराज ।
जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकीकरण घोषणा कार्यक्रम स्थगित भएको जनमतका अध्यक्ष सीके राउतले समाजिक संजाल मार्फत जानकारी दिए ।
राउतले भने, ‘रेशमजीलाई प्रहरीले पक्राउ गरेकाले हाल स्थगित गरेका छौँ । यो घटनाको हामी भर्त्सना गर्दैछौँ । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं ।’
दुई पार्टीबीच बुधबार एकता घोषणा गर्ने तयारी थियो । यसका लागि देशभरबाट नेता कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमे भेला भएका थिए । चौधरी पक्राउ परेपछि नेता तथा कार्यकर्ताले प्रज्ञा परिसरमे केहीबेर नाराबाजी समेत गरेका थिए ।
सादा पोसाकमे खटिएका सुरक्षाकर्मीले चौधरीलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए । सर्वोच्चको आदेश कार्यान्वयन गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहोराले बताए । चौधरीलाई डिल्लीबजार कारागारमे लगेर बुझाइसकिएको प्रहरीले बताएको छ ।
२०७२ भदौमे टीकापुरमे भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमे सरकारले दिएको आममाफीका आधारमे उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।










