समाचार

संविधान र राष्ट्र जोगाउन सप्तरीमा कानुन व्यवसायी र पत्रकारको संयुक्त प्रदर्शन

पब्लिक प्रेस ।

राजविराज,
नेपाल पत्रकार महासंघ सप्तरी र नेपाल बार एसोसिएसन राजविराजको संयुक्त आयोजनामा शुक्रबार सप्तरीको राजविराजमा ‘सेभ नेशन, सेभ द कन्स्टिट्युसन’ भन्ने नारासहित मौन प्रदर्शन गरिएको छ।
राजविराज नगरपालिका–७, अदालत रोडस्थित उच्च अदालत परिसरमा आयोजित उक्त सांकेतिक प्रदर्शनमा सहभागीहरुले संविधानको प्रतिकृति र सो सम्बन्धी प्लेकार्डहरु बोकेका थिए।

नेपाल बार एसोसिएसन राजविराजका अध्यक्ष हरेराम यादवका अनुसार अहिले मुलुकको संविधान र राष्ट्रलाई जोगाउने मुख्य जिम्मेवारी कानुन व्यवसायी, पत्रकार, नागरिक अगुवा लगायत सबै सचेत वर्गमा परेको छ। त्यसै सन्देश दिन प्रदर्शन गरिएको हो।
कार्यक्रममा बारका पूर्वअध्यक्षहरू, अधिवक्ताहरू, पत्रकारहरू, र नागरिक समाजका अगुवाहरू गरी करिब १५ जनाको उपस्थिति रहेको थियो।
नेपाल बार एसोसिएसनको निर्देशन अनुसार काठमाडौं उपत्यका बाहेकका सम्पूर्ण बार एकाइहरूले यस्तै मौन प्रदर्शन गर्ने कार्यक्रम रहेको र सप्तरीमा पनि त्यसैअनुरुप प्रदर्शन गरिएको यादवले बताए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button