समाचार

कञ्चनरूपमा हावाहुरी र पानीले कृषि बाली र तरकारी खेतीमा क्षति पुग्दा लाखौंको क्षति

उत्सव आचार्य 
कञ्चनरूप , १५ वैशाख  ।

सप्तरीको कञ्चनरूप नगरपालिका क्षेत्रमे रविदिन राती आएको भीषण हावाहुरी र पानीले ठूलो क्षति पुर्याएको छ । हावाहुरी सहित आएको पानीले कृषि बाली र तरकारी खेतीमे क्षति पुग्दा लाखौंको क्षति भएको स्थानीयले बताएका छन् ।

हावाहुरी सहित आएको पानीले सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का दर्जनौं किसानहरूले लगाएको अन्नवाली तथा फलफूल नस्ट हुदा लाखौंको क्षति भएको छ ।

हावाहुरी सहित आएको पानीले खेतबारीमे लगाइएको मकै, टमाटर, बोडी, करेला, लौका, काक्रा, भिन्डी लगायतका सबै बाली नष्ट गरे कञ्चनरूप- ७ का किसान विनोद कुमार महतो बताउनु हुन्छ ।

यस्तै कञ्चनरूप १२ रुपनगर प्रगति टोलका राजकुमार अधिकारी , हेम अधिकारी , माधव अधिकारी , देवनारायण श्रेष्ठ लगायत दर्जनौं किसानहरूले लगाएको मकै बाली रविदिन राती हावाहुरी सहित आएको पानीले नस्ट गर्दा लाखौंको क्षति भएको किसान राजकुमार अधिकारी बताउनु हुन्छ ।

स्थानीयका अनुसार, आँपको चिचिला, केरा खेती र फलफूल खेतीमे समेत ठूलो क्षति पुगेको छ । आँपको दाना झरेकाले लाखौंको क्षति भएको कञ्चनरूप १२ रुपनगरका रोजित मियाँले बताउनुभयो ।

एउटा आँपको बोटबाट १० क्रेट आँपको दाना झारेर नस्ट भइ लाखौंको क्षति भएको कञ्चनरूप १२ कुजराहीका ब्यापारी मकबुल मिया बताउनु हुन्छ ।
कञ्चनरूप १२ मे हावाहुरीले घर टहरा समेत क्षति पुर्याएको छ ।

हावाहुरीले रुख तथा बिजुलीको पोल ढल्नाले विद्युत आपूर्ति समेत बन्द भएको थियो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button