समाज

मरेकाे मान्छे जिउँदै भेट्याइयाे

नविन निर्भय यादव | 
राजबिराज फागुन १२ गते ।

आफु जिउदै हुँदाहुँदै कानुनी रूपमा मरेकाे उल्लेख भएपछि न्यायका लागि भाैतारिदै हिडेका छन् सप्तरीकाे बाेदेबर्साईन नगरपालिका ५ बस्ने माेहम्मद सलामत मियाँ ! उनलाई पत्नी सविना खातुनले २०७० सालमा साबिक गाउबिकास समिति बाेदेबर्साईनबाट जिउदै मान्छेकाे मृत्यु दर्ता गराएर दु:ख दिएपछि अहिले सलामत न्याय खाेज्दै हिडेका हुन् ।
उनले सामाजिक सुरक्षा वापतकाे एकल महिला भत्ता खाने नियतले जिउदै सलामतकाे मृत्यु दर्ता गराएकाे थियाे ।
जिल्ला अदालत राजबिराजमा मुल्तवी भएका सबै कागजातहरू देखाउदै सलामतले भने चुनरमियाँकाे छाेरी सविनासंग ईस्लामिक धर्मानुसार २०४४ सालमा बिबाह भएपनि तीनबर्ष नबित्दै घरजाम टुट्याे । सविनाले त्यसपछि शम्भुनाथ नगरपालिका १२ बस्ने ओजिर मियाका छाेरा अली हुसैनसंग २०४७ सालमै बिबाह गर्याे तर हुसैनलाई पनि छाडेर उनले २०५५ सालमा अर्काे बिबाह गर्याे । यसरी तीन पाेइले बनिसकेकी सविनाले २०६७ सालमा म मरेको कागजात तयार पारी २०७० सालमा मृत्यु दर्ता गराएकाे रहेछ पिडित मियाँले दु:खेसाे पाेखे । उनले भने खडग नगरपालका ७ निवासी तत्काल गाबिस सचिव राम किसुन साहले ती महिलासंग साँठगाँठ गरेर मेराे मृत्यु दर्ता बनाई एकल महिलाकाे नाममा सामाजिक सुरक्षा वापतकाे भत्ता समेत दिदै आएको रहेछ याे कुरा मलाई २०७७ सालमा थाहा हुन आयो ।
आफु मरिसकेकाे भन्ने रेकर्ड त्यतिबेला मात्र मलाई थाहा भयाे जत्तिबेला म राष्ट्रिय परिचय- पत्र बनाउन गएँ मियाँले भने मरेकाे मान्छेकाे नाममा तपाईं राष्ट्रिय परिचय- पत्र बनाउने भन्दै ममाथि उल्टै हकार पकार भयाे । यसरी जिउदै मान्छेलाई मरिसकेकाे कानुनी ठहर गराई भत्ता समेत ४/ ५ बर्षले खाँदै आएको रेकर्डहरू जुटाएर मैले नगरपालिकामा, प्रहरी प्रशासनमा उजुरी दिदा प्रहरीले ती महिलालाई पक्रेर लग्याे तर २४ घण्टापनि नथुनी धराैटीमा छाडिदियाे पिडित मियाँले गुनासाे गरे ।
अदालतमा पनि यसबारेमा मुद्धा दिए, सबै मुद्धाहरू संकलन गरेर जिल्ला अदालतमा मुल्तवीमा छ मियाले बताए । उनले भने उल्टै ममाथी नै अंश मुद्धा लगाएकी छन् । मैले सविनाकाे नागरिकता बनाइदिएकाे हाेइन, मेराे बुबाले पिठमा नामराखिदिएकाे रहेछ, त्यसैकाे आधारकार्डमा नागरिकता बनाएकी रहेछ । मेराे नाम पति उल्लेख रहेकाे नागरिकता बाेकेर ममाथि यत्राे अन्याय गर्दै हिडेकाे कानुनमा जनाउदा पनि मेराे उपरमा निसाफ भएन उनकाे दु:खेसाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button