समाचार

“राजविराजमा एमालेको खबरदारी मोटरसाइकल र्याली: संघीयता र लोकतन्त्रको सुदृढीकरणमा जोड”

पब्लिक प्रेस ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासलाई सुदृढ पार्दै प्रतिगामी तत्वलाई परास्त गर्ने उद्देश्यले खबरदारी मोटरसाइकल र्यालीको आयोजना गरेको छ। यो र्याली २०८१ चैत्र १८ गते, दिउँसो ठिक १२ बजे राजविराज, सप्तरीमा आयोजना हुन गईरहेको छ।

जिल्ला सचिव देवनाथ यादवले बताए अनुसार, कार्यक्रमको आयोजक नेकपा (एमाले) जिल्ला कमिटी, सप्तरीले यस र्यालीलाई सफल बनाउन व्यापक तयारी गरेको छ। संघीयता र लोकतन्त्रको सुदृढीकरणमा यो र्यालीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button