समाचार

भूमि समस्या समाधान आयोग सप्तरीको सदस्यमा अनवर अली नियुक्त

पब्लिक प्रेस |

सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नं. २ निवासी अनवर अली भूमि समस्या समाधान आयोग, जिल्ला समिति सप्तरीको सदस्यमे नियुक्त भएका छन्। मन्त्रीस्तरको मिति २०८१ फागुन २८ गतेको निर्णय अनुसार अलीलाइ नियुक्त गरिएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका अनुसार भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (च) अनुसार उनलाइ नियुक्त गरिएको हो।

यसअघि आयोगको सप्तरी जिल्ला अध्यक्षमे अखिलेश झा, विज्ञ सदस्यमे पञ्चदेव चौधरी, र महिला सदस्यमे नानू चौधरी नियुक्त भइसकेका छन्।

आयोगको उद्देश्य जिल्लामे रहेका भूमि समस्याहरू समाधान गर्दै समग्र व्यवस्थापनलाइ प्रभावकारी बनाउनु रहेको छ। अनवर अलीको नियुक्तिले आयोगलाइ थप सक्रिय र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button