समाचार

संगिता कटुवाललाई शान्ता राणा शैक्षिक पुरस्कार प्रदान

राजबिराज चैत्र ०३ गते ।

डा. कृष्ण जङ्ग राणाद्वारा स्थापित पुरस्कार त्रिभुवन नमुना मावि कोहलपुर (बाँके) की छात्रा संगिता कटुवाललाई प्रदान गरीएकाे छ । उनलाई महेन्द्र पुस्तकालयको आयोजनामा आयोजित शान्ता राणा शैक्षिक पुरस्कार प्रदान गरिएकाे हाे । कट्वाललाई २१ हजार नगद पुरस्कार प्रदान गरी सम्मान गरिएकाे आयोजकले जानकारी दिएको छ ।

कटुवालले सामुदायिक विद्यालयका कक्षा १२ का छात्राहरू मध्ये सबैभन्दा धेरै ३.५८ जीपीए हासिल गर्दै जिल्लामा सर्वोत्कृष्ट स्थान प्राप्त गरेकी थिइन् । महेन्द्र पुस्तकालयका अध्यक्ष तथा त्रिभुवन नमुना मावि कोहलपुरका पूर्व प्रधानाध्यापक बलराम यादवकाे अध्यक्षतामा आयोजित कार्यक्रमलाई नेपालगंज उप–महानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दीन राईले उद्घाटन गरेका थिए ।
आयोजित कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, पुस्तकालयका उपाध्यक्ष पंकज कुमार श्रेष्ठ, पुरस्कार कोष स्थापनाबारे पुस्तकालयका सदस्य, प्राज्ञ सनत रेग्मी लगायतले बिचार ब्यक्त गरेका थिए । यस्तै पूर्व प्रअ विष्णुमान श्रेष्ठ, प्राज्ञ शशीराम कार्की, नरेन्द्र जंग पीटर लगायतले पुस्तकालयको प्रगतिको प्रशंसा गर्दै छात्रालाई बधाई र शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विभिन्न साहित्यकार तथा शिक्षकहरू लगायत ब्यक्तित्वहरूकाे उपस्थिति रहेको थियो । पुस्तकालयका सचिव मणिदेव अर्यालद्वारा संचालित कार्यक्रममा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्दै शैक्षिक क्षेत्रमा योगदान पुर्याउने दाताहरूलाई सम्मान गरेको जनाइएकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button