सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको एउटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक,शिक्षक र कार्यालय सहयोगी एकैपटक बिदामा बसेको पाएको छ।एकैपटक धेरै शिक्षकहरु बिरामी बिदामा बसेपछि कार्यालय सहयोगीका छोराले उक्त बिद्यालयको पठनपाठन सम्हालिरहेको स्थानीयले जानकारी दिएको छ।
उक्त गाउँपालिकाको वडा नम्बर ७ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयकाे प्रअ,शिक्षक,कास विरामी बिदामा गएपछि बुधबार विद्यालयकाे समयमा कास सुबेलाल मंडलको १० वर्षीय छाेरा शिक्षक भुमिकामा देखिएको थियो ।
स्थानीयका अनुसार कक्षा काेठामा शिक्षक अनुपस्थित रहेकाे समयमा कासकाे छाेरा मण्डलले कक्षाकाेठा भित्र हातमा मोबाइल र लौरो लिएर पढाईरहेको अवस्थामा पब्लिकप्रेसकर्मीलाई फेला परेको हो।संचारकर्मीले उक्त बालकलाई सोधपुछ गर्दा उनले बुबाको सट्टामा आफु विद्यार्थी पढाउन आएको स्विकार्दै बुबा बिरामी परेको बताए ।
उनलाई बुबाको सट्टामा डियुटीमा खटाएको एकजना कर्मचारीले कक्षाकोठामा गएर पढाउन निर्देशन दिएको उनले बताए ।कक्षाकोठाभित्र विद्यार्थीहरुलाई कुर्सीमा बसेर लौरो तर्साइरहेको अवस्थामा देखेपछि स्थानीयले पब्लिकप्रेसकर्मीलाई खबर गरेका थिए ।
सोही विषयमा विद्यालयका प्रअ ,व्यवस्थापन समितिका अध्यक्ष र पालिका संयाेजकसंग सम्पर्क गर्दा प्रअ सम्पर्कमा आएनन ,त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु मंडललाई सोध्दा उनले कुन शिक्षक कति बेला जान्छ ,कति बाैला आउँछ कसैलाई जानकारी गराउदैनन भनेर प्रतिक्रिया दिए ।त्यस् सम्बन्धमा उनले संचारकर्मीस्ँग उक्त बेथिति उजागर गरिदिन आग्रह गरे ।
यता शिक्षा संयाेजक चन्द्र भूषण रायले यस विषयमा बुझेर भन्छु भन्दे पन्छिन खाेजे । उक्त बिधालयम सात जना शिक्षक र शिक्षीका मध्ये ३ जना मात्र उपस्थित रहेको पाइएको थियो। जसमा गजेन्द्र मंडल, प्रमाेद मंडल र रेनु मंडल उपस्थित रहेका थिए ।यता स्थानीयहरुले बिधालयमा देखिएको बेथितिलाई सुधार गरिदिनु हुन संचारकर्मी मार्फत स्थानीय सरकार र सम्बन्धित निकायसँगअनुरोध गरेका छ्न।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।