पब्लिक प्रेस संवाददाता
राजबिराज मंसीर २ गते ।
सप्तरीकाे डाक्नेश्वरी नगरपालिकामा वडाध्यक्ष पदका लागि १७ जनाले मनोनयन दर्ता गराएका छन् । वडा नम्बर १ मा ९ जना र ४ मा ८ जनाले आइतबार निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएकाे हाे ।
यस नगरपालिकाका वडा नम्बर १ र ४ मा वडाध्यक्षद्वय क्रमश: नेपाली काग्रेसबाट निर्वाचित प्रितमलाल चाैधरी र हरीरायकाे निधन भएपछि यहि मंसीर १६ गते उप निर्वाचन हुन लागेकाे निर्वाचन कार्यालयले जनाएकाे छ । वडा नम्बर १ का लागि जनमत पार्टीबाट शैलेन्द्र कुमार साह (तेली), स्वतन्त्रबाट सुशील साह,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सतिश कुमार चाैधरी थारू, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)बाट प्रमाेद कमार संत, जनता समाजवादी पार्टी नेपालबाट धीरेन्द्र कुमार साह, नेपाली काँग्रेसबाट भुलियादेवी थरूनी, नागरिक उन्मुक्ती पार्टीबाट अनरुद्ध प्रसाद चाैधरी, स्वतन्त्रबाट सियाकान्त चाैधरी र नेपाल कम्युनिष्ट पार्टी( एकिकृत मार्क्सवाद लेलिनवाद)बाट भगवानी साहले मनाेनयन दर्ता गरेकाे निर्वाचन अधिकृत गंगा कुमार मिश्रले बताए ।
यस्तै वडा नम्बर ४ का लागि नागरिक उन्मुक्ति पार्टीबाट शिव कुमार राम, नेपाली काँग्रेसबाट जाेगिन्द्र राय अमात, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट भागवत राम, जनता समाजवादी पार्टी नेपालबाट देवेन्द्र प्रसाद यादव, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट संजय कुमार यादव, जनमत पार्टीबाट उदय नारायण पंडित, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राम कुमार यादव र जनता समाजवादी पार्टीबाट रविन्द्र रायले मनाेनयन दर्ता गरेमा छन् ।










