पब्लिक प्रेस संवाददाता
कञ्चनरुप कार्तिक ३० गते ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले पत्रकारहरूकाे बिषयमा आफू गम्भीर रहेकाे बताउनु भयाे । सप्तरीकाे सप्तकाेसी नगरपालिका ४ स्थित भिल्ला २१ रिसाेर्टमा मिडिया काउन्सिल मधेश प्रदेशद्वारा शुक्रबार आयोजित पत्रकार आचारसहिता पालना गाेष्ठीलाई संवाेधन गर्दै यस्ताे बताउँनु भएकाे हाे ।

सरकार स्थिरता रहेकाे अवस्थामा आफुले चालेको कदम पूरा गरेर छाड्ने छु उहाँले भन्नुभयाे, एक आर्थिक वर्षसम्म रहेर बजेट विनियाेजन गर्न पाएकाे खण्डमा पत्रकारहरूलाई हीत हुने काम गर्ने छु तपाइहरू ढुक्क हुनुस् । प्रसंग बदल्दै मन्त्री लेखीले प्रतिस्पर्धाकाे युग आएकोले प्रतिस्पर्धासंगै दक्षता, अनुभवीकाेपनि आवश्यक्ता पर्ने बताउँनु भयाे । सञ्चारकर्मीले घटना, परिघटना, औपचारिक कार्यक्रमकाे मात्र समाचार लेख्ने तर मुलुककाे एतिहासिक धराेहरकाे बिषयमा साथै राष्ट्र र राष्ट्रियताकाे बारेमा वास्ता नगर्ने पाइएकाे भन्दै अब यतातिर पनि ध्यान दिन सुझाव दिनुभयाे ।

brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;










