समाज

अपराधीमाथी हदैसम्मकाे कार्वाही भएन भने म आफै आत्महत्या गर्छु : पिडित

डम्बर राई ।
पब्लिक प्रेस ।

पटक पटक गाली गलाैज, धाकधम्की मात्र हैन कुटपिट समेतकाे पीडा सहदै आएकी महिलाले उचित न्याय नपाएपछि मर्नु बाहेककाे अरु के उपाय हुनसक्छ ? यस्ताे दु:खदायिक अवस्थाबाट गुजारिदै आएकी छन् । सप्तरीकाे तिरहुत गाउँपालिका ५ स्थित लाेहजराकि अम्बिका कुमारी यादव ।
उनलाई आफ्ना घरपरिवारबाट यस्ताे ज्यादति भएकाे हाेइन । उनका छिमेकी परशुराम मरिक यादवकाे छाेरा शैलेन्द्र कुमार मरिक यादवले एक बर्षदेखि पिडित अम्बिका र उनका परिवारका अन्य सदस्यलाई दु:ख दिदै आएको घटनाक्रमले सावित भएकाे छ ।

म उनकाे राम्राे टार्गेटकाे मान्छे हुँ। मलाई कुटपिट गर्न खाेज्दा सासू, ससुरा र छाेराले हाेकापसेकाे निहुमा उनिहरुपनि सिकार बन्न बाध्य हुँदै आएकाे पिडित यादवले दु:खेसाे पाेखिन् ।

मेराे श्रीमान दिवस कुमार यादवभने ३ बर्षदेखि सउदी अरबमा छन् । घरमा ७५ बर्षकाे ससुरा, ६३ बर्षिया सासू , १४ बर्षे छाेरा र म मात्र छु उनले भनिन् ससुरालाई ५ महिना अगाडि लछार पछार गरेर थलाे पार्याे त्यसकाे २ महिना पछाडि सासुलाई । त्यसले कुटेर म केहिदिन यताउतासम्म गर्न सकिन । हाेका पस्ने छाेरालाई समेत बाकी राखेन अम्बिकाले बेदना पाेखिन् । गाली गलाैज त कति हाे कति भनेर साध्यै छैन उनले भनिन् त्यसले मलाई कुनै न कुनै दिन मारेरै छाड्ने भन्दै आएका छन् । समाज, प्रहरी प्रशासनबीच माफी दिदै आएपनी यस्ताे घटनाक्रम दाेहाेर्याउन नछाडेकाे उनले बताइन् ।

पहिलाे र दाेश्राे घटनालाई समाज समक्ष राखेर माफी गरायाे, तेश्राे पटक प्रहरी चाैकी लाेहजरामा माफि गराइयाे र चाैथाे पटक अन्तिम असारमा ईलाका प्रहरी कार्यालय कंचनपुरमा पून: माफीमै छाडियाे । डिएसपी महेन्द्र प्रसाद नेपालले अब यसले तपाईं उपर घटना गरे म यसलाई हदैसम्मकाे कार्वाही गर्छु र जेल चलान गरेरै छाड्छु भनेकाे थियाे । डिएसपी नेपालले यसरी माफी दिएकाे ३ महिना पूरा नहुदै असाेज ३ गते मलाई काट्न आएको थियो अम्बिकाले रुदै भनिन् । छाडा गाली त कति हाे कति म घरभित्र लुकेर बसे उनले भनिन् त्यसदिन म बाहिर भए काट्थ्याे त्यसले । शुक्रबार यहि घटनालाई मैले डिएसपी समक्ष राख्दा ठाडाे निवेदन दिन भन्नुभयाे र मैले यहि गरे । तर जहिलेपनि थानामा ठाडाे निवेदन दिनु भनेकाे केहाे ? अपराधीलाई कारवाही नगर्ने प्रक्रिया हाेकी वा कार्वाही खुकुलाे हाेस् भनेर हाे ? आक्रोश जनाउदै पिडितले प्रश्न गरे ।

म एउटै अपराधीलाई कतिपल्ट माफी दिउ? समाजले भन्छ हामीलाई टेर्दैन त्याे महामुर्ख हाे प्रहरीले ठीक गर्छ यता प्रहरीलेपनि दुई दुई पटक तेतिकै छाड्याे अब म कहाँ जाउ? के गरु? यसले मेराे ज्यान लिएरै छाड्ने भाे उनले चिन्ता व्यक्त गरिन् । प्रहरी प्रशासनले मलाई उचित न्याय दिलाएर त्यस अपराधीमाथी कार्वाहीकाे दायरामा पुर्याउने काम नगरेकाेले म र मेरा परिवार पटक पटक त्यसकाे शिकार बन्न वाध्य भएका हाै उनले वेदना गरिन् । पछिल्लाे पटककाे घटनाप्रतिपनि प्रहरीले कुनै चासाे नदिएकाे उनकाे दावी छ । दुईदिनकाे समयकाे पुर्वसंध्यासम्म प्रहरीबाट कुनै जानकारी आएन । अबपनि मैले न्याय पाइन र अपराधीमाथी हदैसम्मकाे कार्वाही भएन भने म आफै आत्महत्या गर्छु उनले बताइन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button