नविन यादव
राजबिराज ||
आस्थाको महापर्व छठ आजबाट समापन भएकाे छ । मूल विधि अनुसार चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजार्चना गरी शुक्रबार यो पर्वको समापन गरेकाे हाे । मंगलबारदेखि धार्मिक विधि बिधानपुर्वक छठपुजा सुरू भएकाे थियाे । परम्परानुसार व्रतालुहरु यहाँका इतिहासवर्णित सरोवर गंगासागर, धनुषागर, अरगजा लगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएका विशेष प्रकारको पकवानसहित सूर्यलाई अर्घ्य अर्पण गरेका थिए ।
अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने छठपूजाकाे धार्मिक विधि रहेकाे छ ।













