धर्म

मन्दिर निर्माणमा खिया लागेको सामग्रीको प्रयोगले भ्रष्टाचारको संकेत: स्थानिय आक्रोशित

नविन निर्भय यादव |

तिलाठी कोइलाडी गाउँपालिका वडा नं ८ सडेपारको विश्वकर्मा चोकमा ५० लाखको लगानीमा निर्माण भइरहेको मन्दिर परियोजनामा व्यापक अनियमितता देखिएको छ। स्थानिय जनताले निर्माण सामग्रीहरू, जस्तै छड, चुरी, र ईट्टामा खिया लागेको गुनासो गर्दै परियोजनाको पारदर्शितामा गम्भीर प्रश्न उठाएका छन्।

युवा अभियन्ता त्रिबेनी यादवले उपभोक्ता समितिमा आफ्नो नाम बिना जानकारी हटाइएकोमा असन्तोष व्यक्त गर्दै भनेका छन्, “मलाई कुनै जानकारी नगराईकन मनपर्दी तरिकाले कार्य संचालन गरिएको छ। यसले भ्रष्टाचारको अंश उत्पन्न गरेको छ।”

उपभोक्ता समितिले बिना होर्डिंग बोर्ड काम सुरु गरेको विषयले स्थानिय जनतामा व्यापक चर्चा र चासो उत्पन्न गरेको छ। स्थानियहरूले बजेटको स्रोत र सही उपयोगबारे स्पष्टिकरण माग गरेका छन्। एक स्थानिय बासिन्दाले भने, “हामीलाई परियोजनाको प्रगति र बजेटको उपयोगबारे कुनै जानकारी छैन। यस्तो अवस्थामा, परियोजनाको पारदर्शिता सुनिश्चित गर्न आवश्यक छ।”

परियोजनाको बजेट कुन स्रोतबाट आएको हो भन्ने जानकारी नहुँदा, स्थानियले सूचना पारदर्शी बनाउन जोड दिएका छन्। उनीहरूको भनाइमा, “यदि पारदर्शिता देखाइएन भने, यो अनियमितता गर्न खोजिएको स्पष्ट हुन्छ।”

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button