पब्लिक प्रेस ।
काठमाडौँ —
नेपाली कम्युनिस्ट पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ सरकारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विधिको शासन र कानुनी प्रक्रिया पालना गर्न आग्रह गरेको छ।
पार्टीद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वलेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको तथा उहाँकै नेतृत्वमा मन्त्रिपरिषद् गठन भएकोप्रति शुभकामना व्यक्त गरिएको उल्लेख छ।
साथै, मन्त्रिपरिषद्को पहिलो बैठकबाट भदौ १३ र १४ गतेका घटनाको छानबिन गर्न गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा सरकारका कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्तिमा कुनै पनि निर्णय गर्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मापदण्ड उल्लंघन नगर्न सरकारलाई आग्रह गरिएको छ। साथै, राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय नगर्न र देशमा द्वन्द्व सिर्जना हुने गतिविधिबाट टाढा रहन चेतावनीसमेत दिइएको छ।
0 Less than a minute










