समाचार

एमालेमा सैयाै प्रवेश

पब्लिक प्रेस संवाददाता
राजबिराज कार्तिक ०२ गते ।

सप्तरीकाे डाक्नेश्वरी र बाेदेबर्साइन नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा सैयाै प्रवेश गरेका छन् ।

डाक्नेश्वरी नगरपालिकामा नेपाली काँग्रेस र जसपा नेपाल परित्याग गरि शुक्रबार एमालेमा प्रवेश गरेकाे जिल्ला सचिव देवनाथ यादवले जानकारी गराउनु भयाे ।

नेपाली काँग्रेसका बालकृष्ण यादव र देवकृष्ण यादवकाे अगुवाई र जसपा नेपालका गाेलाई खंग र गंगाराम शर्माकाे अगुवाईमा एमालेमा प्रवेश गरेकाे सचिव यादवले भने दुबै पार्टीबाट गरि २ सय जना प्रेवेश गरेका छन् ।

यस्तै बाेदेबर्साइन नगरपालिकामा पनि शुक्रबारै जसपा नेपाल छाडेर अजय कुमार यादव, बिजयकुमार साह, भुनी यादव, महादेव यादव, श्रवण साह लगायत २ सय जना एमालेमा प्रवेश गरेका हुन् ।

बडादशैं, दिपावली, छठ र मुस्लिम समुदायकाे नजिकिदै गरेका पर्वकाे शुभ उपलक्षमा डाक्नेश्वरी नपा ९ स्थित पथरगाडामा र बाेदेबर्साइन नपामा आयोजित कार्यक्रममा नव पार्टी प्रवेशकर्ताहरूलाई एमाले पाेलिटब्युराे सदस्य तथा सप्तरी ईन्चार्ज सुमनराज प्याकुरेलले फुलमाला र अविर लगाएर स्वागत गर्नुभएकाे थियाे ।

साे अवसरमा प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, उपाध्यक्ष अव्दुल मजिद साकीर, सचिव देवनाथ यादव, सहसचिव अखिलेश झा, डाक्नेश्वरी नगरपालिका प्रमख रामलखन मलाह, उप प्रमुख मिरा यादव, वडा नम्वर ९ को वडा अध्यक्ष कर्णदेव चौधरी लगायत सहभागी रहेका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button