समाचार

असार मसान्तको थकाई मार्न जनप्रतिनिधि र कर्मचारी कोही विदेश कोही स्वदेश मै रमाउदै

राजविराज ।
सप्तरीका स्थानिय तह जनप्रतिनिधि र कर्मचारीहरु आर्थिक वर्षको असार मसान्त सकिए सगैं कोही विदेश र कोही स्वदेश मै रमाएको पाईएका छन् ।
आर्थिक वर्ष सकिदा थकाईले हो कि कमाईले स्थानिय तहका कर्मचारी र जनप्रतिनिधि नेपाल र भारतका ठुला ठुला सहरमा रमाएको तस्विर समाजिक संजालमा च्याप च्याप्ती देखिएका छन् ।पालिका जनप्रतिनिधिहरु कोही भारतको दिल्ली,मेघालय, दार्जिलिगं सहित विभिन्न धार्मिक स्थलको दर्शन र रमाएको तस्विर फेसबुक देखिएका छन् ।त्यस्तै नेपालका काठमाण्डौ, पोखरा र मुस्तागं लगायतको ठाउँमा रमाएको देखिन्छ ।पालिकाका कर्मचारी र जनप्रतिनिधिहरु समुहिक रुपमा घुमघाम र रमाएको देखिएका छन् ।
सप्तरीको विकास भन्दा बढी भ्रष्टाचार भएको जनगुनासो रहेको एक उदारणिय असार मसान्त सकिए लगतै रमाएको तस्विरले पनि देखाएका छन् । सप्तरी पालिकामा प्रत्येक वर्ष भ्रष्टाचार भएको निवेदन र कार्वाही हुदाँ समेत घुस खाने प्रवृतिले वदनाम नै भएको जानकारहरुको भनाई रहेका छन् ।
पलिकाको जनप्रतिनिधि, प्रमुख प्रसाशकिय अधिकृत सहित शाखा प्रमुखले जनताका आखाँमा छारो हाली कागजी मिलान गरि गरेको भ्रष्टाचारले प्रत्येक वर्ष महालेखा परिक्षकको कार्यालयले समेत करोडौ वेरुजी, असुल उपर लगायतको शिर्षक देखाएका हुन्छ । स्थानिय तह अन्तर्गत स्वास्थ्य, कृषि, पशु सेवा, शिक्षा, समाजिक विकास, महिला विकास, लगायतले सर्वसधारणका लागि जनचेतना कार्यक्रम कागज मिलानमै रकम हजम गरेको पाईएका छन् । पालिकाको वर्ष भरिका योजना असारमै सकिनु र हतार हतार काम गर्दा गुणस्तरहिणले पनि भ्रष्टाचार भएको प्रमाण देखिएको जानकारहरुको भनाई रहेका छन् ।
।
साभार – राजविराज टुडे

१ तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल भारतको दिल्लीमा घुमघाम गरेको तस्विर
२ सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी काठमाडौंमा सडक विभागका डिजिसगं सडक निर्माणका लागि ध्यानाकर्षण गराउदै
३ राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव सहित भारतमा रमाउदै
४ महदेवा गाउँपालिकाका लेखापाल रमेश चौधरी भारतको दार्जिलिगंमा रमाउदै

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button