समाचार

सडक निर्माणको माग गर्दै माओवादी केन्द्रको पैदल यात्रा

 

सप्तरी,|

 सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडामा नेकपा माओवादी केन्द्र जिल्ला कार्य समिती सप्तरीको आयोजनामा सडक निर्माणको मागसहित आज बिहान पैदल यात्रा सुरु गरिएको छ।

जिल्ला इन्चार्ज तथा पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवको नेतृत्वमा करिब २५ जना कार्यकर्ता सहभागी भएको उक्त यात्रामा “कता छ सरकार, कता छ ठेकेदार”, “सडक तुरुन्त निर्माण गर”, “सम्माननीय प्रधानमन्त्रीज्यू, कुशासनको नमूना हेर्न आउने होइन त?” जस्ता नारासहितका ब्यानर र पम्प्लेट प्रदर्शन गरिरहेकाे छ ।

छिन्नमस्ता मन्दिरको मूल गेटबाट सुरु भएको यात्राले सखडा हुँदै राजविराज–गोबिन्दपुर सडक खण्डको तत्काल निर्माण कार्य सम्पन्न गर्न सरकार र ठेकेदारलाई दबाब दिने उद्देश्य राखेको आयोजकले बताएका छन्।

स्थानीयवासीका अनुसार लामो समयदेखि अधुरो रहेको सो सडकका कारण आवागमनमा असुविधा मात्र नभई जनजीवन प्रभावित हुँदै आएको छ। माओवादी केन्द्रले भने निर्माण कार्य ढिलाइलाई “जनताप्रति अन्याय” भन्दै तत्कालीन सरोकारवालालाई जिम्मेवारीपूर्वक काम पूरा गर्न चेतावनी दिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button