समाचार

महादेवा गाउँपालिकाकाे शैक्षिक क्षेत्रमा झड्का : एसईईमा ४३ जनामा ३ जना विद्यार्थी मात्र उतिर्ण

नविन यादव

राजविराज, सप्तरी।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार सार्वजनिक गरिएको हो।

एईईको नतिजा सार्वजनिक भएसँगै सप्तरी जिल्लाकाे महदेवा गाँउपालिका अन्तर्गतका विद्यालयहरूकाे शिक्षा क्षेत्र झड्का लागेको छ ।

माध्यमिक परिक्षा एसईई सम्पन्न पश्चात् असार १३ गते सार्वजनिक भएको नतिजा प्रति महादेवा गाँपालिकाका अभिभावकहरू चिन्तित भएको स्थानिय सत्रुघन मंडलले बताए ।
महादेवा गाँपालिकामा एसईई परीक्षामा ४३ जनामा ३ जना विद्यार्थी मात्र उतिर्ण भएका छन् ।
यस पालिका अन्तर्गत ४ वटा माध्यमिक विद्यालय रहेका छन् । पालिकाकाे वडा नम्बर ५ स्थित जनता माध्यमिक विद्यालय भगवतपुर ,वडा नम्बर २ स्थित जनता देवनारायण अमला माध्यमिक विद्यालय महादेवा ,वडा नम्बर ३ स्थित श्री द्वारिका श्री लाल सातनी यादव उच्च माध्यमिक बिद्यालय बथनाहा र वडा नम्बर १ स्थित नर बहादुर थापा जनता माध्यमिक विद्यालय पकरी रहेका छन् ।

जस मध्ये वडा नम्बर ५ स्थित रहेकाेे जनता माध्यमिक विद्यालय भगवतपुरबाट एसईई परिक्षामा ४३ जना विद्यार्थीले सहभागीता जनाएका थिए। त्यस मध्ये एसईई परीक्षामा ३ जना मात्र उतिर्ण भएका प्र .अ बैदनाथ साहले बताए । त्यस्तै गरि मा. वि पकरीबाट ९० जना विद्यार्थीमा १७ जना, मा. वि महादेवाबाट ४६ मा ६ जना र मा .वि बथनाहाबाट १२० जनामा ४५ जना उतिर्ण भएका शिक्षा संयोजक देव कुमार यादवले बताए ।

यो पटक बोर्डले नयाँ ‘लेटरग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।
नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका हुन्। ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन्। एईईको नतिजा कमजोर र खस्किएको शिक्षाविद्हरूले समेत बताएका छन्। विज्ञका अनुसार शिक्षकको लापरबाही, सरकारको बेवास्ता, भौतिक पूर्वाधारको अभाव, दक्ष जनशक्तिको अभाव लगायतका कारणले नतिजा खस्किएको भनाई छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button