समाचार

सप्तरीको काबिलासाटाेलमा आगलागी: ४ लाख बराबरको क्षति

 

उत्सव आचार्य
कञ्चनरूप, ०२ चैत ।
सप्तरीको कञ्चनरुप नगरपालिका–४ कबिलासामा शनिबार एक गोठमा आगलागी भएको छ । स्थानीय भागवत विश्वासको गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
घुर बाल्दै गर्दा अचानक सल्किएको आगोको ज्वाला तीव्र रुपमा फैलिँदा गोठ पूर्ण रुपमा जलेको छ ।
आगलागीमा १ गाई , ४ बाख्रा, ३ बाख्राको पाठापाठी ,५ क्वीन्टल धान जलेर नष्ट हुँदा ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button