समाचार

राजविराजमा एमाले पार्टी कार्यालयमा आगजनी, स्थिति तनावग्रस्त

राजविराज, सप्तरी —
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ८ स्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा   युवाहरुको समूहले आगजनी गरेका छन्। मदननगरस्थित पार्टी कार्यालयमा भएको उक्त आगजनीमा फर्निचरसहितका सम्पूर्ण सामानहरू नष्ट भएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार युवाहरूले कार्यालयभित्र रहेका कुर्सी, टेबल, कागजातलगायतका सामानहरू बाहिर निकालेर आगो लगाएका थिए। आगजनीको क्रममा उनीहरूले “केपी ओली मुर्दावाद” नारासमेत लगाएका थिए।

घटनापछि राजविराज, भारदह, पातो, रूपनी लगायतका क्षेत्रहरूमा तनावपूर्ण स्थिति सिर्जना भएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन गरिएका छन् र स्थिति नियन्त्रणमा लिन प्रयास जारी छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button