प्रहरी प्रशासन

सप्तरीमा ड्युटीमा रहेको प्रहरीद्वारा मोबाइल प्रयोग, अनुगमन टोलीद्वारा कारबाही

पब्लिक प्रेस ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले मातहतका प्रहरी इकाईहरूको अनुगमनका क्रममा ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूले आदेश उल्लङ्घन गरी मोबाइल फोन प्रयोग गरेको पाइएको छ। अनुगमन टोलीका अनुसार ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूले सुरक्षा चुनौतीप्रति चनाखो रहनुको साटो मोबाइलमा व्यस्त रहेको पाइएको थियो। यसरी प्रहरी आचरणविपरीत कार्य गरेकाले आदेशको अवज्ञा गर्ने प्रहरी कर्मचारीहरूको मोबाइल फोन जफत गरी आवश्यक कारबाही गरिएको छ । 

कमाण्डरहरूको हकमा भने ड्युटीको गतिविधि र वस्तुस्थितिबारे कार्यालयमा रिपोर्टिङ तथा जानकारी दिनुपर्ने भएकाले मोबाइल फोन प्रयोगको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

अनुगमनका क्रममा निम्न स्थानहरूबाट जम्मा १६ थान मोबाइल फोन जफत गरिएको छः
१) ई.प्र.का. कडरबोना सप्तरी ड्युटी टोलीबाट ५ थान।
२) जिल्ला कारागार सप्तरी ड्युटी टोलीबाट ३ थान।
३) वडा प्रहरी कार्यालय सप्तरी ड्युटी टोलीबाट १ थान।
४) जिल्ला अदालत सप्तरी ड्युटी टोलीबाट १ थान।
५) उच्च अदालत सप्तरी ड्युटी टोलीबाट १ थान।
६) जिल्ला प्रशासन कार्यालय सप्तरी ड्युटी टोलीबाट १ थान।
७) कुनौली मोड ड्युटी टोलीबाट २ थान।
८) अ.प्र. पोस्ट राजदेवी ड्युटी टोलीबाट १ थान।
९) अ.प्र. पोस्ट खर्सालटोल ड्युटी टोलीबाट १ थान।

जिल्ला प्रहरी कार्यालय सप्तरीले ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूले मोबाइल फोन प्रयोग नगर्न तथा सतर्क र चनाखो भएर काम गर्न निर्देशन दिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button