प्रहरी प्रशासन

चोरी मुद्दाका प्रतिवादी मुखिया पक्राउ

पब्लिक प्रेस सम्वाददाता
राजविराज ।

सप्तरी प्रहरीले चोरी मुद्दाका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेनमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का धर्मेन्द्र शम्भु कुमार मुखिया भन्ने अमरेन्द्र मुखिया रहेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले खोजतलास गरि मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले एक प्रेस विज्ञाप्ति जारी गर्दै जानकारी दिए ।

जिल्ला अदालत राजविराजले उनलाई दोषी ठहर गर्दै एक महिना ६ दिन कैद र १० हजार जरिवाना तोकीपछि फरार भएका थिए । उनलाई जिल्ला अदालत राजविराजमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button