सप्तरी – जनमत पार्टीकाे राष्ट्रिय अध्यक्ष डा. सीके राउतकाे निरन्तर पहल, समन्वय र सरकारी तहमा भएकाे घच्घचाइकाे परिणामस्वरूप भारत सरकारकाे बजेट व्यवस्थापन अन्तर्गत कोशी पश्चिमी नहर सेवा सडककाे निर्माण कार्य प्राथमिकतामा परेको छ।
बिहार सरकारअन्तर्गत जल संसाधन विभाग, पश्चिमी कोशी नहर अवर प्रमंडल, कुनौली, सुपौलका ईञ्जिनियर युवराज अमनका अनुसार आगामी एक महिनाभित्र ४.२३ किलोमिटरदेखि ३५.१३ किलोमिटरसम्मको जम्मा ३० किलोमिटर सडक ३.७५ मीटर चौड़ाइमा र दुबै पट्टि ०.७५ मीटर सोल्जरसहित कालोपत्रे गरिने टेण्डर प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो।
यस निर्माणले सीमावर्ती क्षेत्रका जनता तथा कृषकहरुलाई आवागमन, कृषि उत्पादन ढुवानी तथा समग्र जनजीवनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। जनमत पार्टीले जनताको आधारभूत आवश्यकता र पूर्वाधार विकासप्रति प्रतिबद्धता जनाउँदै यो उपलब्धिलाई ऐतिहासिक सफलताका रूपमा लिएको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।