जनमत पार्टीले आइतबार केन्द्रीय सचिवालय समितिको निर्णय अनुसार पार्टीको विधान तथा अनुशासन व्यवस्था उल्लंघन गर्ने पदाधिकारी तथा सदस्यहरूलाई निलम्बन वा कारबाही गरेको छ।
पार्टीका अनुसार कारबाहीमा परेका सदस्यहरूलाई पार्टीका मूल संरचना, भातृ संगठन, विभाग, मोर्चा तथा अन्य समितिको भौतिक वा अनलाइन बैठकमा सहभागी गराउन वा पार्टीका नामबाट बनेका सामाजिक सञ्जाल समूहहरूमा जोड्न नमिल्ने निर्णय गरिएको छ।
यस निर्देशनको पालना गराउन सम्बन्धित तहको समिति वा समूहको प्रमुख वा एडमिनलाई आग्रह गरिएको छ।
यस निर्णयबारे अनिता कुमारी मण्डल पार्टीकी राष्ट्रिय सचिव तथा केन्द्रीय अनुशासन समिति सदस्य सचिवले जानकारी गराएकी छिन्।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।