राजनीति

जसपाका गढ भत्काउँदै जनमतको उभार—मधेसमा नयाँ राजनीतिक लहरको संकेत

पब्लिक प्रेस ।

जनमत पार्टीको उदय मधेस प्रदेशमा राजनीतिक रूपमा निकै गहिरो प्रभाव पार्न थालेको छ। सप्तरी, सिरहा, महोत्तरी,धनुषा,सर्लाही ,राैतहट पर्सा, बारा र लगायतका जिल्लाहरूमा जसपाका परम्परागत गढहरू एकपछि अर्को गरी ढहिँदै गइरहेका छन्। ती जिल्लाहरूमा जनमत पार्टीले जनविश्वास जित्दै एक नयाँ राजनीतिक विकल्पको रूपमा उभिन थालेको दृश्य देखिन्छ।

सिके राउतको प्रभावशाली नेतृत्व

जनमत पार्टीको नेतृत्वमा रहेका अध्यक्ष डा. सिके राउतको दृष्टिकोण, सङ्घर्षशीलता र जनहित केन्द्रित राजनीति मधेसी जनतालाई आकर्षित गरिरहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार परम्परागत दलहरूका कार्यकर्ता आफै नेतृत्वभित्रको असन्तुष्टिका कारण जनमततर्फ आकर्षित हुँदै गएका छन्। यस्ता कार्यकर्ताहरूको बढ्दो सक्रियता पार्टीप्रति बढ्दो जनमतको प्रमाण हो।

जनमुखी एजेण्डा—शरदसिंह यादवको दृष्टिकोण

जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार जनमत गरीब, दलित, जनजाति लगायत सीमान्तकृत वर्गको मुद्दा उठाउने पार्टी हो। उनले भनेका छन्—”जनमत त्यो पार्टी हो जसले पीडितको आवाज बन्छ। धनी र स्वार्थी वर्गको सहारामा राजनीति गर्ने हाम्रो संस्कृति छैन। हामी जनताको सेवा गर्न आएका हौं, शासन गर्न हैन।”

जनताको मनोविज्ञानमा परिवर्तन

जनमत पार्टीको लोकप्रियताले जनताको सोच, अपेक्षा र विश्वासमा निर्णायक परिवर्तन ल्याएको छ। मधेसमा देखिएको जनआक्रोश र निराशाले जनमतलाई वैकल्पिक शक्ति बनाएको छ। जसपाको गढ भत्किनु केवल संगठनको कमजोरी मात्र हैन, जनताको चेतनाको विस्तारको संकेत पनि हो।

भविष्यको संकेत—नयाँ राजनीतिक परिभाषा

सिके राउतको नेतृत्वमा जनमतले मधेस मात्र हैन, राष्ट्रिय राजनीति पनि पुनः परिभाषित गर्ने सम्भावना बोकेको छ। पार्टीको स्पष्ट एजेण्डा, वर्गीय पक्षधरता, र संगठनशक्ति मधेसी युवावर्ग तथा चेतनशील समुदायमा विश्वास जगाउन सफल भएको छ। यदि यही गति जारी रह्यो भने, जनमत भविष्यमा सशक्त निर्णायक शक्ति बन्न सक्छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button