प्रहरी प्रशासन

भारतबाट अबैध रुपमा ल्याउँदै गरेको किराना सामानहरु बरामद

पब्लिक प्रेस सम्वाददाता
राजविराज ।

सप्तरी प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको दुई लाखभन्दा बढीको किराना सामानहरु बरामद गरेको छ ।

गत बुधबार अन्दाजी ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा राजविराज नगरपालिका वडा नम्बर ५ स्थित भारतको कुनौलीबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको उक्त किराना सामानहरु बरामद गरेको हो ।

कुनौली–राजविराज सडक खण्डअन्तर्गतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीहरुलाई देखी बोरा सोही स्थानमा छाडी संलग्न व्यक्तिहरु भागि फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बेवारिसे अवस्थामा रहेको उक्त बोरालाई प्रहरीले नियन्त्रणमा लिई खोली चेकजाँच गर्दा सो बोरा भित्र चिनी, खाने तेल, जिरा लगायतका विभिन्न किराना समानहरु फेला परेको छ । उक्त सामान २ लाख ५ सय ८६ रुपैयाँ बराबरको रहेको प्रहरीले बताए ।

बेवारिसे अवस्थामा फेला परेको उक्त सामानलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय राजविराजलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button