पब्लिक प्रेस संवाददाता
राजबिराज पुस ११ गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएका छन् ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाको प्रमुख आतिथ्य रहेकाे साे कार्यक्रममा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतबाट बढुवा भएका प्रहरी हवल्दारहरुलाई बिहिबार दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएकाे हाे ।
साे समाराेहमा प्रहरी उपरिक्षक खतिवडाले बधाई एवम् शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै भोलिका दिनमा अझ जिम्मेवारी भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागी राज्य,संगठन र जनता प्रति अनुग्रहित हुदैं कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नं. ३३६६ मिति २०८१।०९।०७ गतेको पत्रादेशानुसार जनपद समूहतर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दारहरुलाई दर्ज्यानी चिन्ह सुशाेभन गरेकाे कार्यालयले जनाएकाे छ ।