पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सप्तरी प्राईड लिग सिजन ७ को ७ औं खेलमा कञ्चनरुप राईनोजले पहिलो सफलता हात पारेको छ । आइतबार पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा भएको लिगको ७औं खेलमा राजगढ वारियर्सलाई ५ विकेटले पराजित गर्दै कञ्चनरुप राईनोजले आफ्ना पहिला सफलता हात पारेको हो ।
राजगढ वारियर्सले दिएको एक सय २५ रनको विजयी लक्ष्य राइनोजले पाँच विकेटको क्षतिमा १६ ओभरमा सहजै हासिल गर्न सफल भएन । कञ्चनरुप राइनोजका लागि राकेश कामैतले विस्फोटक ब्याटिङ गदै अर्धशतकीय पारी खेलेका थिए । त्यस क्रममा उनले ८ चौका र ३ छक्का समेत प्रहरा गर्दै ५४ रनको योगदान आफ्ना टिमका लागि दिएका थिए । त्यस्तै, रसिद खान ३१ र रौनक सिंह अभिवीत १७ रन बनाउँदै टिमलाई विजयी भएका थिए ।
यस अघि राजगढ वारियर्सले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय २४ रनको योगफल तयार पारे । राजगढका सुरुमै ठुलो झट्काका रुपमा सलामी ब्याट्सम्यान मो. अंशारुद्ध व्यक्तिगत स्कोर शून्यमै रनआउट भएर फर्केका थिए । अर्का सलामी ब्याट्सम्यान विष्णु मण्डल आफ्ना व्यक्तिगत स्कोर ४ रनमा आउट भएर फर्किदा टिमालाई ठुलो झट्का लगेका थिए ।
राजगढका नयन यादवले मध्यक्रमका मोर्चा सम्माल्न प्रयास गरेका थिए । तर, उनले व्यक्तिगत ३३ रनमा आउट भएपश्चात टिम पुनः तनावमा परेका थिए । त्यस क्रममा उनले २५ बल सामना गर्दै एक छक्का र ४ चौका प्रहार गरे । त्यस्तै, रोशन यादव ३२, अमित यादव १४ र मनिश यादवले १४ रन बाहेक राजगढ वारियर्सका ७ वटा ब्याट्सम्यानले दोहोरो अङ्कसम्म पुग्नसकिने । राजगढ वारियर्सका ४ वटा ब्याट्सम्यानले आफ्ना खाता समेत खोल्न सकेन ।
कञ्चनरुप राईनोजका बलिङ तर्फ रसिद खान, उमेश चौधरी, अभिमन्यु सरदारलाई समान २÷२ विकेट भेटका थिए भन्ने मुकेश सिंहले १ विकेट हात पार्न सफल भएन । राजगढका बलिङ तर्फ विक्की पासवान तथा रोशन यादवलाई २÷२ र आनन्द मण्डललाई १ विकेट भेटेका थिए । खेलको म्यान अफ द म्याच कञ्चनरुप राइनोजका राकेश कमैत घोषित भएका थिए ।
ग्रुप ‘ए’ मा राजगढ वारियर्स दुई खेलमा एक जित र एक हार सहित दुई अङ्कका साथ दोश्रो र कञ्चनरुप राइनोज दुई खेलमा एक जित र एक हार सहित २ अङ्कका सहित रनरेटका आधारमा तेश्रो नम्बरमा छ ।










