प्रहरी प्रशासनसमाचार

स्रोत नखुलेको तेइस लाख नगदसहित गाडी, सामान र दुई व्यक्ति नियन्त्रणमा

पब्लिक प्रेस ।
सप्तरी,
सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित सगरमाथा राजमार्गको गाईघाट–कदमाहा सडक खण्डमा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित गाडी, सामान र दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार आइतबार राति करिब ८ः५० बजे इलाका प्रहरी कार्यालय भेडियाका प्रमुख प्रहरी निरीक्षक पूर्णकुमार राईको कमाण्डमा खटिएको टोलीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा. प्रदेश ०१–०२८ च ५००८ नम्बरको Hilux Toyota Pickup गाडीलाई चेकजाँच गर्ने क्रममा रु. २३ लाख नगद, विभिन्न इलेक्ट्रोनिक उपकरण र दुई जना व्यक्ति नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा परेकामध्ये झापा, दमक–५ बस्ने किरण सिटौला (२८) र सोही ठाउँका धिरज प्रसाई (१९) रहेका छन् । उनीहरू सवार गाडीबाट Samsung Ultra 25 र iPhone 14 Pro Max गरी दुई थान मोबाइल पनि बरामद भएको प्रहरीको भनाइ छ ।

त्यसैगरी गाडीमा रहेका निम्न सामग्रीहरूमा साइकल हावा पम्प १०० थान,इलेक्ट्रिक रिक्साको मोटर ३ थान,इलेक्ट्रिक साइकलको ब्याट्री ३१ थान,इलेक्ट्रिक स्कुटरको ब्याट्री ३ थान,
ब्याट्री चार्जर ७ थान,ब्याट्री टेस्टर १ थान,लगायतका सामानहरूको कुल अनुमानित मूल्य करिब रु. ६० हजार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले नगद, गाडी, सामान र व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरी पठाएको जनाएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button