कृषि

मधेस प्रदेशमा महिला कृषि स्वयंसेविकाका लागि ७ हजार ५२६ दरखास्त, सप्तरीबाट सबैभन्दा बढी आवेदन

नविन निर्भय यादव 
सप्तरी ।

मधेस प्रदेश सरकारले महिला कृषि स्वयंसेविका परिचालनका लागि आह्वान गरेको सूचनामा ७ हजार ५२६ जना महिलाले दरखास्त दिएका छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरद्वारा २०८२ साल जेठ १५ गते सार्वजनिक गरिएको सूचनामा उल्लेख भएअनुसार, महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।

सबैभन्दा धेरै दरखास्त कृषि ज्ञान केन्द्र सप्तरीबाट १,४६१ जना महिलाले दिएका छन्। त्यसपछि सिरहाबाट १,२३७ जना र थप ७७ जना म्याद समाप्तिपछि विवाद स्वरूप आवेदन दिएका छन्। प्रमुख नरेन्द्र कुमार महासेठका अनुसार, आवेदन दिनेहरूको संख्या अपेक्षाभन्दा धेरै भएको छ, जसले कार्यक्रमप्रतिको चासो र उत्साह झल्काउँछ।

अन्य जिल्लाहरूको विवरण हेर्दा, धनुषाबाट १,०१६ जना, महोत्तरीबाट ८१३ जना,सर्लाहीबाट ९४६ जना,रौतहटबाट ७१५ जना,बाराबाट ७३७ जना र पर्साबाट ५२४ जना महिलाले दरखास्त दिएका छन्। यी सबै आवेदनहरू सम्बन्धित कृषि ज्ञान केन्द्र तथा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूमा संकलन गरिएको हो।

महिला कृषि स्वयंसेविका परिचालन कार्यक्रम अन्तर्गत छनोटमा परेका महिलाहरूलाई कृषि तथा पशुपालनसम्बन्धी सेवा प्रवाहमा सहयोगीको रूपमा परिचालन गरिनेछ।

यस कार्यक्रमले ग्रामीण महिलाहरूलाई कृषि क्षेत्रमा सशक्त बनाउने, सीप विकास गराउने र रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button