नविन निर्भय यादव
राजविराज, सप्तरी—घरेलु तथा साना उद्योग कार्यालय, राजविराजको आयोजनामे कटाई-सिलाई सिपमूलक तालिम मङ्गलदिन सफलतापूर्वक सम्पन्न भएको छ। चैत्र ६ गतेदेखि सुरु भएको तालिम २ महिना १५ दिनसम्म सञ्चालन गरिएको थियो।

तालिमपछि प्रमाणपत्र वितरण गरिँदै सहभागीहरूलाई व्यवसायिक सिपलाई व्यवहारमे लागू गर्न प्रेरित गरिएको थियो। विद्यार्थीहरूले प्रमुख अतिथिहरूलाई खादा र टीका लगाएर सम्मान गरे।
अध्यक्षता गरिरहेकी अधिकृत यादवले महिला सशक्तिकरण तथा आर्थिक आत्मनिर्भरता प्रवर्द्धनका लागि यस्ता तालिम आवश्यक रहेकाे बताइन्। प्रशिक्षकहरूले सिकाइको प्रयोग गर्दै स्वरोजगारको अवसर सिर्जना गर्न जोड दिए।
आयोजकहरूका अनुसार, यस्ता सिपमूलक तालिमले स्थानीय स्तरमे रोजगार तथा घरेलु उद्योग प्रवर्द्धनमे योगदान पुर्याउने विश्वास गरिएको छ। तालिमपछि सहभागीहरूले व्यवसाय सञ्चालन गर्ने योजनाहरू प्रस्तुत गरेका छन्।











