पब्लिक प्रेस ।
सप्तरी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मनिष श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले बलानविहुल गाउँपालिका वडा नम्बर–२ दिघिया टोल स्थित बिरेन्द्र यादवको घरमा छापा मारेको छ ।
गत जेठ १४ गते बेलुकी ७ बजेतिर गोप्य सूचनाका आधारमा उक्त घर भित्र १७ वटा बोरामा करीब ५०० किलोग्राम गाँजा लुकाई राखिएको अवस्थामा बरामद भएको हो ।
घर बन्द रहेको अवस्थामा प्रहरीले ताल्चा फुटाएर खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हाल घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










