पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सप्तरी प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमाा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ११ का २५ बर्षीय लक्ष्मण मल्लाह र सोही ठाउँका अन्दाजी २४ बर्षीय राजेश निरौला रहेको हो ।
आईतबार बेलुका करिब ७ बजेको समयमा बालबिहुल गाउँपालिका वडा नम्बर २ बलान पुलबाट करिब तीन सय मिटर दक्षिण खोला छेउ स्थितमा प्रहरी चौकी मौवाहाबाट प्रहरी सहायक निरिक्षक हरेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले भारटबाट नेपाल तर्फ पैदल आउँदै गरेका दुई जना व्यक्तिमाथी शंका लागि चेकजाँच गर्दा लागू औषध फेला परेको थियो ।
तिनीहरुले बोकेको कालो झोलाभित्र डायजेपाम इंजेक्शन ८६ पिस, फेनेर्गन इंजेक्शन८६ पिस, बुप्रेनोर्पिmन इंजेक्शन ८८ पिस, सिमकार्ड नभएको कलर्स कम्पनीको कालो रंगको सादा मोवाईल एक थान बरामद भएको प्रहरीले बताए ।
पक्राउ परेको लागू औषध, मोवाईल र मानिसलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि ईलाका प्रहरी कार्यालय कडरवोनामा राखी जिल्ला अदालत राजविराजबाट ७ (सात) दिनको म्याद थप लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेले जानकारी दिए ।









