समाचार

विष्णुपुर गाउँपालिकामा कर्मचारीहरूको अनियमित उपस्थिती, सेवाबाट वञ्चित जनता

पब्लिक प्रेस ।

सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकामा कर्मचारीहरूको अनियमित कार्यालय उपस्थितीका कारण आम जनता सेवा लिनबाट वञ्चित भएको खबर आएको छ। स्थानीय मनिष यादवका अनुसार, सोमबार दिउँसो २ बजे सेवा लिन जाँदा अध्यक्ष उमेश यादव उपाध्यक्ष रेणु यादव तथा अन्य कर्मचारी कार्यालय बन्द गरेर अनुपस्थित थिए।

जनताको गुनासो र निरन्तर समस्या
जनताले तिरेको करबाट तलब-भत्ता पाउने कर्मचारीहरू सेवाबाट वञ्चित गरिनु अन्यायपूर्ण भएको गुनासो गरिएको छ। यो समस्या एक दिनको मात्र नभई निरन्तर दोहोरिएको आरोप लगाइएको छ। अध्यक्ष उमेश यादवले आफ्ना नातेदार तथा चिनजानका व्यक्तिहरूलाई नियुक्त गरेर पालिकालाई अस्तव्यस्त बनाएको आरोपसमेत लगाइएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार, गाउँपालिकाको कार्यालयमा कर्मचारीहरूको अनियमित उपस्थितीका कारण नागरिक सेवाहरू प्रभावित भएका छन्। जन्मदर्ता, विवाहदर्ता, जग्गा प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता लगायतका सेवाहरू लिन आउने नागरिकहरू घण्टौंसम्म प्रतीक्षा गर्न बाध्य भएका छन्। कतिपय अवस्थामा सेवा नै नपाएर फर्किनु परेको गुनासो स्थानीयहरूले गरेका छन्।

सूचना अधिकारीको प्रतिक्रिया
यस विषयमा विष्णुपुर गाउँपालिकाको वेबसाइटमा उल्लेख गरिएको सूचना अधिकारी राम लखन महेता सँग सम्पर्क गर्दा उनले आफू सूचना अधिकारी नभएकाे र यस पालिकाबाट अवकाश लिएको जानकारी दिए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button