समाचार

एसपीको सर्टिफिकेट नक्कली

शाहले प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिका लागि पेस गरेको बिए तहको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धमा अनुसन्धान २०५९ फागुन ७ गते डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बिए तह उत्तीर्ण गरेको भनिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी छ । उनले त्यही प्रमाणपत्रको आधारमा सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति भई लाभ, सुविधा लिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएकाले शाहलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आरोपी एसपी शाहले यसअघि अवकाश पाइसकेका छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button