समाचार

समाजवादी युवा संघ  नेपालद्वारा सांघातिक आक्रमणको विरोध, न्याय सुनिश्चित गर्न ज्ञापन पत्र

पब्लिक प्रेस ।

सप्तरी जिल्लामा समाजवादी युवा संघ नेपालले विष्णुपुर गाउँपालिका वडा १ को अधिवेशनको क्रममा भएको सांघातिक आक्रमणको विरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

जिल्ला प्रशासन सप्तरीका प्रमुख भोला दहाललाई बुझाइएको ज्ञापन पत्रमा,समाजवादी युवा संघ नेपालले  समाजवादी युवा संघ नेपाल सप्तरीका जिल्ला अध्यक्ष केदार यादव र गाउँपालिका कमिटी अध्यक्ष देवेन्द्र यादवमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ।

विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव नेतृत्वको समूहद्वारा चैत २८ गते फाइटर, हेलमेट,र बेल्टको प्रयोग गरी निर्घात कुटपिट गरिएको घटनामा पीडितहरू गम्भीर रूपमा घाइते भएका छन्।

पीडितहरूले न्यायको खोजीमा जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे पनि, प्रहरीद्वारा आरोपितलाई संरक्षण गरिएको आरोप लगाइएको छ।

समाजवादी युवा संघ नेपालले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न, साथै पीडितहरूको सुरक्षा र न्याय सुनिश्चित गर्न जोडदार माग गरेको छ। संघले प्रशासनलाई आफ्नो दायित्व पूरा गर्न चेतावनी दिँदै, कारबाही नभए चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।

यो घटनाले प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । समाजवादी युवा संघ नेपालले न्याय र निष्पक्षताको पक्षमा आफ्नो अडानलाई अझै बलियो बनाउँदै संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button