समाचार

सप्तरीको लोहजरादहमा पर्यटकीय विकासका लागि भ्युटावरको शिलान्यास

नविन निर्भय यादव |

पब्लिक प्रेस ।

सप्तरी जिल्लाको तिरहुत गाउँपालिका वडा नं. ५ मा अवस्थित लोहजरादह पर्यटकीय स्थलमा भ्युटावर निर्माणको बुधबार शिलान्यास गरिएको छ।

जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जय कान्त राउत ज्यू र उद्योग तथा पर्यटन मन्त्री सकिल अलीको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको हो।

लोहजरादह पर्यटकीय स्थलको प्राकृतिक सौन्दर्यलाई थप उजागर गर्न र प्रदेश २ मा पर्यटन क्षेत्रको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो परियोजना अगाडि बढाइएको छ।  भ्युटावर निर्माणले पर्यटकहरूलाई क्षेत्रको प्राकृतिक दृश्यहरू अवलोकन गर्न थप अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

यस परियोजनाले स्थानीय आर्थिक गतिविधि तथा रोजगारीका अवसरहरू सिर्जना गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button