समाचार

आईपीएलको विजय जुलुसमा भागदौड हुँदा ११ जनाको मृत्यु, ५० घाइते

पब्लिक प्रेस सम्वाददाता
राजबिराज ।

ईण्डियन प्रीमियर लिग (आईपीएल) १८ औं संस्करणका
विजेता टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को विजय जुलुसमा भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । भारतीय संचारमाध्यमले मृत्युको संख्या यो भन्दा बढ्न सक्ने भनेका छन् ।

भारतीय संचारमाध्यका अनुसार भागदौडमा ५० जनाभन्दा बढी घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको लेखेको छ ।
बेंगलुरुको एम चिन्नास्वामी स्टेडियमन नजिकै भएको विजय जुलुसमा यस्तो घटना भएको हो । कर्नाटकका मुख्यमन्त्री सिद्धारमैया घाइतेलाई भेट्न अस्पताल जाने तयारीमा छिन् ।

विजेता टिम तोकिएको समयभन्दा केही ढिला गरेर चिन्नास्वामी स्टेडियममा पुगेको थियो । टोली पुग्नासाथ भीडले आरसीबी, आरसिबी र कोहली, कोहली भनेर नारा लगाएका थिए । विराटले समर्थकहरुतिर हेर्दै ट्रफीलाई चुमेका थिए । त्यही बिच भागदौड सुरु भएको थियो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button