प्रहरी प्रशासनसमाचार

एसपी बुरलेलमाथि चौतर्फी असन्तोष: नेतृत्व कमजोर कि नियत?

पब्लिक प्रेस ।
सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम कैशीको कार्यशैलीबारे विभिन्न तह–तप्काबाट लगातार आलोचना उठिरहेको छ। पत्रकार, जनप्रतिनिधि र स्थानीय नागरिकहरूले एसपी कैशी आएपछि जिल्लामा समन्वय कमजोर र जिम्मेवारीहीनता बढेको आरोप सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्।

पब्लिक प्रेसलाई दिएको प्रतिक्रियामा केही जनप्रतिनिधिहरूले भने,
“एसपीसँग कुरा गर्न पत्रकार तथा जनप्रतिनिधिले दिनहुँ फोन गर्छन्, तर प्रतिक्रिया नआउनु गम्भीर विषय हो। जिल्लामा कानून–व्यवस्था, अपराध नियन्त्रण र सूचना पहुँचमा कमजोरी देखिएको छ,” भन्दै एसपीको कर्तव्यपालनप्रति चिन्ता व्यक्त गरेका छन्।

यसैबीच सामाजिक सञ्जालमा पनि एसपीकैशीविरुद्ध कडा टिप्पणीका वर्षा देखिएको छ। एक स्थानीय युवा जनप्रतिनिधिले फेसबुकमा टिप्पणी गर्दै एसपीको निर्णय क्षमताको सवाल उठाएका छन्।

त्यसैगरी पत्रकार रूपेश यादवले सामाजिक सञ्जालमा लेखेका छन् कि जिल्लामा एक पत्रकारविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा चलिरहेका बेला, सो व्यक्तिसँग प्रहरी निकटता देखिनु प्रश्नखडा हुने विषय भएको बताए। उनले प्रहरी अनुसन्धान र न्यायालयप्रति जनविश्वास खस्किने खतरा रहेको टिप्पणी गरेका छन्।

 

अर्कोतर्फ, पत्रकार भण्डारीले एसपीलाई “काम नगर्ने, सधैं फोनमा व्यस्त बस्ने” आरोप लगाउँदै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन्। सोही पोस्टमा वोददेबरसाइन नगरपालिकाका मेयर आतेश सिंह यादवले पनि कडा टिप्पणी गरेका छन्।

पत्रकारीयतामाथि नै सार्वजनिक अविश्वास बढ्दै गएको उल्लेख गर्दै केही नागरिकहरूले भने,
“यदि प्रहरी नै निष्पक्ष हुन सकेन भने पिडितले न्याय पाउँछन् कि पाउँदैनन् भन्ने गम्भीर प्रश्न उठ्छ,” प्रतिक्रिया दिएका छन्।

यस विषयमा प्रतिक्रिया लिन साेमबार साँझ ९:०७ बजे एसपी कैशीलाई सम्पर्क प्रयास गरिएको थियो। तर उनकाे मोबाइल नम्बरमा फोन लागेन।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button